गुजरा,१५ साउन । रौतहट जिल्लाको गुजरा नगरपालिकाका बिभिन्न गाउमा जाने नहरको बाटो हिलाम्मे भएर आवत जावतमा कठिनाई भएको स्थानीयले बताएकाछन् ।
चन्द्रपुरको मोथियाही हुदै नहरै नहर गुजरा जाने बाटो हिलाम्मे भएका कारण आवत जावतमा समस्या हुदा समेत बागमती सिंचाई आयोजनाले बनाउने तर्फ चासो नलिएको स्थानीयको भनाइ रहेको छ ।
हिलाम्मे नहर मर्मतमा गुजरा नगरपालिकाले चासो लिएको भएपनि बागमती सिंचाई आयोजनाले मर्मत गर्न नदिएको गुजरा नगरपालिकाका निमित्त कार्यकारी अधिकृत बिनोद कुमार जयसवालले बताए ।
गुजरा नगरपालिकाका अधिकांस वडामा पुग्नका लागि बागमती सिंचाई आयोजनाले बनाएको नहरको बाटो स्थानीयले प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
नहरको बाटोमा समन्य एकझर पानी पर्नासाथ हिडन नसक्ने अवस्था रहेको गुनासो आएपछि गुजरा नगरपालिकाको एक टोली बागमती सिंचाई आयोजनाको कार्यालयमा डेलिगेसन गएको थियो । आयोजनाले आफैंले नहर मर्मत गर्ने बताएपछि टोली फर्किएको थियो । आयोजनाले आफुपनि नहरको बाटो नबनाउने नगरपालिकालाई पनि बनाउने नदिएका कारण स्थानीयलाई समस्या भएको गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल धामीले बताए ।
बर्षाका बेला गुजरा नगरपालिकामा पर्ने नहरको बाटो हिलाम्मे हुने गरेको भएपनि बागमती सिंचाई आयोजना बेलामा मर्मत नगर्दा स्थानीयलाई आवत जावतमा समस्या हुने गरेको गुनासो आएपनि गुजरा नगरपालिकाले नहर मर्मतमा चासो लिएको थियो ।
तर पछिल्लो समय नगरपालिकाले नहर मर्मत गर्छु भन्दा गर्न नदिने भएपछि अझै स्थानीयलाई धेरै समस्या हुने जानकारहरुको भनाइ रहेको छ । २०७९ साउन १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here