रौतहट,१९ साउन । रौतहटको क्षेत्रनं ४ को संघिय सांसदमा नेकपा एमालेबाट उद्धव प्रसाद रेग्मी मैदानमा उत्रने भएकाछन् । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका रेग्मीले आउंदो मंसिर ४ गते हुने निर्वाचनमा रौतहट ४ बाट रेग्मीले टिकट पाउने पक्का जस्तै रहेको नेकपा एमालेका एकजना जिल्ला नेताले बताए । रौतहट क्षेत्रनं ४ बाट नेपाली काग्रेसका देव प्रसाद तिमलसिना र नेकपा माओवादीका युवराज भट्टराई बिच एकजनाले टिकट पाउने बजार हल्ला छ । गठबन्ध भएको खण्डमा कस्ले टिकट पाउने ठेगान नभएको अवस्थामा नेकपा एमालेका रेग्मी भने अव चुनावी मैदानमा उत्रेका एकजना एमाले नेताले बताए ।
सरकारको मन्त्री परिषदको बैठकबाट मंसिर ४ गते संघ तथा प्रदेशको निर्वाचनको मिति घोषणासंगै अव रौतहटमा चुनावी सरगर्मी बढदै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here