गौर,२२ साउन । जिल्लाको दुर्गा भगवती गाँउपालिका वडानं ५ मा पर्ने बडहर्वा गाउका बासिन्दालाई वडा कार्यालय र गा“उपािलकाको कार्यालयमा आँउन जोखिम मोलेर दुई वटा डुंगा चढेर आवत जावत गर्नुपर्ने बाध्यता रहेको छ ।
बागमतीको दुई वटा भंगालो तर्नका लागि दुई वटा डुंगा चढनुपर्ने बाध्यता रहेको छ । तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले शिलन्यास गरेको पुल आज सम्म नबनेका कारण बागमती पारी रहेका करिव ४ सय घर परिवारका बासिन्दा जोखिम मोलेर डुंगामा आवत जावत गर्न बाध्य रहेकाछन् ।
दिउंदमा बांसको पुल र बर्षामा जोखिम मोलेर उनीहरु बर्षौ देखी डुंगामा आवत जावत गर्न बाध्य रहेकाछन् । बडहर्वा गाँउका स्थानीयले डुंगा चढेवापत बार्षीक रुपमा डुंगा संचालकलाई अन्न दिनुपर्ने बाध्यता रहेको छ ।
१२ बर्ष पहिला पुर्व प्रधानमन्त्री नेपालले शिलन्यास गरेको रौतहट(सर्लाही जोड्ने वाग्मती नदीमा साढे १२ वर्षदेखि अलपत्र रहेको पुलको बाँकी काम सुरु गर्न नयँ ठेक्का लगाएको बताइएपनि काम सुरु हुन सकेको छैन ।
लामो समय निर्माणको काम बन्द हुदा त्यस क्षेत्रको लाइफलाइन नै अस्तव्यस्त बन्योरु। वर्षाको बेला स्थानीयलाई आवतजावतमा निकै कठिनाइ हुने गरेको स्थानीय बासिन्दा सुरेन्द्र पासवानले बताए ।
तराई(मधेसका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकाक्षी परियोजना हुलाकी राजमार्गअन्तर्गत दुर्गा भगवती गाउ“पालिका(५ बडहर्वास्थित वाग्मती नदीमा निर्माण हुदै गरेको उक्त पुलको ६० प्रतिशत मात्रै काम सकिएको छ । यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले पुलको पिलर मात्र बनाएर त्यतिकै छाडेको थियो । ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको लुम्बिनीले २०७० जेठ ३० मा निर्माण सक्ने गरी २०६७ जेठ ३१ मा सम्झौता गरेको थियो । ६ सय ३३ मिटर लामो पुलमा १७ स्पान बनाउनुपर्ने सम्झौतामा उल्लेख छ । तर सबै स्पान ठडिएपछि भने बा“की काम भएको थिएन ।सो पुलको ठेक्का लुम्बिनीले लिए पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि पप्पुले २०७० मै काम बन्द गरेको हो । साबिकको स्थानभन्दा पूर्वबाट नदी बग्न थालेपछि पुलको औचित्य नहुने भन्दै तत्काल काम रोकिएको थियो । त्यसपछि निर्माण कम्पनीले डिजाइन गलत भएको भन्दै एकतर्फीरुपमा ठेक्का रद्द गरेको पत्र पठायो । पुल बन्न लागेको भन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि हुलाकी सडक आयोजनाले पनि निर्माणको काम रोकेको थियो ।
३६ महिनामा काम सक्नेगरी महाँलक्ष्मी विकास वाइफी जेभीले ठेक्का सकार गरेको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसाद साहले बताए । रौतहट र सर्लाहीवासीलाई आवतजावतमा निकै सहज हुन्थ्यो । अहिले दुवै जिल्लावासी डुंगा चढेर वारपार गर्छन । वारि वतसपुर, बडहर्वा, राजदेवीलगायत स्थानका मानिस डुंगा चढेरै पारि खेतमा काम गर्न जान्छन । पुल नबनेका कारण आफुहरुले सास्ती खेप्नु परेको स्थानीय बासिन्दा बिनोद पटेलको भनाइ रहेको छ । गा“उपालिका र वडा कार्यालयमा केही सिफारिस गर्न आउनका लागि एक दिनको समय खर्चनु परेको पटेलको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here