गौर,२३ साउन ।
नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आज गौर आउने भएकाछन् । गौरमा हुने आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी अध्यक्ष ओली आउने कार्यक्रमको सबै तयारी पुरा भएको नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीले जानकारी दिएका छन् । गौर हुने सभामा ठुलो संख्यामा बिभिन्न पार्टी परित्याग गरी एमालेमा आउनेहरुलाई ओली पार्टीमा भित्राउने कार्यmम रहेको रेग्मीले जानकारी दिएका छन् ।
गौरमा हुने सभामा गौर नगरपालिकाका पुर्व नगरप्रमुख अजय कुमार गुप्ता लगाएतकाले एमाले पार्टी प्रवेस गर्ने कार्यक्रम रहेको नेकपा एमाले रौतहटले जानकारी दिएको छ । लामो समय मधेशवादी दलले गरेको बिभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेका गुप्ता गौर नगरपालिकामा मेयरमा पराजित भएपछि संघिय सांसद एमालेबाट उठने गरी पार्टी प्रवेस गर्न लागेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here