अशोक पहाडी,बृन्दावन,२४ साउन । रौतहटको वृन्दावन नगरपालिकामा यतिबेला विवाद सुरु भएको छ ।
वृन्दावन नगरपालिकाको वडा नं—४ हर्दिया पल्टुवमा निर्माण हुन लागेको १५ शैयाको अधारभुत अस्पताल सो स्थानबाट सारेको भन्दै सो पालिकामा विवाद सुरु भएको हो । वृन्दावनको वडा नं—४ मा हरैया पल्टुवामा अधारभुत अस्पतालको लागि आवश्क जग्गा जमिन समेत अनुगमन गत माघ २१ गते भइसकेको थियो । अस्पताल निर्माणको लागि वृन्दावन नगर कार्यपालिकाबाट नियमानुसार टेन्डर अह्वान समेत गरिसकेको थियो । करिब दुई करोडको लागतमा निर्माण हुन लागेको सो अस्पता वृन्दावनका नव निर्वाचित नगरप्रमुख विनोद पटेल र प्रशासकीय अधिकृत खिम बहादुर भुजेलको मिलोमतोमा अस्पताल अन्त्य सार्न लागेको भन्दै वडा नं–४ का स्थानियहरुले विवाद गर्न थालेका छन् । जनताका लागी आएको अस्पताल मेयर र हाकिमको राजनितिका कारण २ करोड बजेट फ्रिज भएको र नगर बासीहरुको बिचमा द्वन्दको वातावरण सिर्जना गराईको वडा नं—४ का वडाअध्यक्ष श्याम नन्दन यादवको भनाई रहेको छ । स्वास्थ्य जस्तो क्षेत्रको विकास प्रक्रिया अवरुध गरिकोमा हामीहरुको गम्भीर ध्यान आकर्षण उनले बताए ।
वृन्दावन नगरपालिका वडा नं—४ का स्थानियले मंगलबार नगरपालिका अगाडी नाराबाजी तथा विरोध प्रदर्शन समेत गरेका छन् । वडा नं—४ का वडाअध्यक्ष श्यामनन्दन राय यादवका अनुसार नगरप्रमुख पटेल पूर्व मेयरको कार्यकालमा निकालिएको टेन्डर रद्द गरी नया टेन्डर अह्वा तथा अस्पताल सार्ने खेलमा रहेको बताएका छन् । वडाअध्यक्ष यादवले भने, तीन दिन सान्ति पूर्ण अन्दोलन हुन्छ नगरप्रमुखले टेरेन भने सशक्त गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here