गौर, २४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला रौतहटको विकासको लागि छनौट गरिएका सयौं योजनाहरू गठबन्धनको सरकारले हटाएको आरोप लगाएका छन् । रौतहट जिल्लाकै नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यो जिल्लाको विकासको लागि सिन्का समेत नभाँचेको ओलीले आरोप लगाएका छन् । ओलीले भने, अरु पार्टीले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले तीन वर्षमा गरेर देखाएका छन् । तर, यही जिल्लाको माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा जिल्लाको विकासको नाममा सिन्को पनि भाँचन नसकेको उनले बताए । ओलीले भने, आफू प्रधानमन्त्री हुँदा रौतहटको विकास मात्रै होइन देश कै जिल्ला कार्य समितिको लागि धेरै योजनाहरु राखेको चाहे त्यो सडक संजाल, शिक्षा, स्वास्थ्य लगायतका सय भन्दा बढी योजना अहिलेको सरकारले खारेज गरेको आरोप लगाए । रौतहटको सदरमुकाम गौरको व्यारेक फिल्डमा आयोजना गरेको पार्टी प्रवेश तथा वृहत जनसभा कार्यक्रममा बोल्दै ओलीले देश्को निकास दिने एक मात्र पार्टी एमाले रहेको बताएका छन् । गठबन्धनको सरकार विकास विरोधी भएको र भ्रष्टाचारमा डुबेको उनले आरोप समेत लगाएका छन् ।
ओलीले भने, तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउदा आफूले भारतीय प्रधानमन्त्री सँग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको आरोप लगाए । भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भू भाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिए । तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेकोमा चिन्ता समेत व्यक्त गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, कसले भन्छ एमालेको सरकार बन्दैनन्, आउदो एक बर्ष भित्रमा एमालेको सरकार बनाएर देखाउने छु । मेरो नेतृत्वमा रहेको सरकारमा पछ्यौटेपन, भेदभाव, छुवाछुतलाई हटाएर समृद्धिको तर्फ अघि बढिरहदा यस्ता परमादेशी सरकार अहिले चरम भ्रष्टाचारमा लिप्त भई नेपाली जनताको इच्छा आकाँक्षाको घाँटी निमोठी रहदा त्यस कार्यमा केही आफूलाई कम्युनिष्ट भनाउदाहरुको साँठगाठमा उक्त कुकृत्य जारी रहेको बताए । एमाले अध्यक्ष ओलीले नवप्रवेशीहरुलाई संकेत गर्दै तपाईहरुलाई लाग्न सक्दैन किन एमाले प्रवेश गरेको छु, पार्टीमा पहिला किन आएन भनेर लाग्न सक्छ भन्दै सबै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र आउदो निर्वाचन तर्फ ध्यान केन्द्रीत बनाउन उनले आग्रह गरे ।
लोसपाको केन्द्रीय सदस्य तथा गौर नगरपालिकाको पूर्व मेयर अजयकुमार गुप्ता, लोसपाबाट संविधान सभा सदस्य भएकी चन्दन साह, नेपाली काँग्रेसको जिल्ला सचिव राजेश चौधरी सहित करिव ८ हजार कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेलाई ओलीले स्वागत गरेका थिए । एमाले अध्यक्ष ओली निर्धारित कार्यक्रम भन्दा ४ घण्टा ढिलो रौतहट सदरमुकाम गौर आइपुगेका थिए । प्रतिकुल मौसम र ठूलो बर्षाको कारण उनी चढेको सिम्रिक एयरको हेलिकप्टर वाराको सिमरा विमान स्थलमा आकस्मि अवतरण गरे । मौसम खुलेपछि दिउँसो ४.१५ बजेको समयमा कार्यक्रम स्थल गौर आइपुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here