गुजरा,३० साउन । जिल्लाको गुजरा नगरपालिकामा भवन बनेको तीन बर्ष भई सक्दा समेत प्रसुती गृह संचालनमा आउन नसक्दा स्थानीयले समस्या खेप्नु परेको छ ।
गुजरा नगरपालिका वडानं २ को कटानी बजारमा नेपाल सरकार ,गुजरा नगरपालिका र नेपाल ग्रामिण पुननिर्माण संस्थाको लगानीमा बनेको भवनमा प्रसुती सेवा सुरु नभएका कारण स्थानीयले अन्यत्र सेवा दिन जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ रहेको छ ।
तीन बर्ष पहिला भवन निर्माणको काम सकिएको भएपनि गुजरा नगरपालिकाले प्रसुती सेवा संचालनका लागि सम्बन्धीत निकायबाट अनुमती नलिएका कारण स्थानीयलाई प्रसुती गराउनका लागि चन्द्रनिगाहपुर आउनुपर्ने बाध्यता रहेको छ ।
रंगपुर स्वास्थ्य चौकी मातहतमा रहेको रहेको प्रसुती गृहको भवन करिव ४१ लाखको लागतमा बनेको हो । ४१ लाखमा तीन कोठे भवन मात्र बनेको र त्यसमै आर्थिक अनियमिता भएको स्थानीयको भनाइ रहेको छ ।
भएको सो भवनमा प्रसुतीगृह संचालनमा नआएका कारण स्वास्थ्य चौकीको समान्य काम त्यसबाटै हुने गरेको सो स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र चौधरीले बताए ।
गुजरा नगरपालिकाले प्रसुतीगृह संचालनका लागि चासो नलिएका कारण स्थानीय महिलाहरुलाई रात बिरातको समयमा प्रसुती ब्याथाले च्यापेमा अन्यत्र लानुपर्ने समस्या रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
गांउमै प्रसुती गराउनका लागि भवन बनीसकेको अवस्थामा स्थानीयले सुत्केरी गराउन बाहिर जानुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ रहेको छ ।
गुजरा नगरपालिकाको कार्यालयले प्रसुती सेवा संचालनका लागि तत्काल हिल थाल्नुपर्नेमा स्थानीयले जोडदार माग गरेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here