अशोक पहाडी
चन्द्रपुर,३० साउन ।
रौतहटको चन्द्रनिगाहपुरमा रहेको एक मेडिकल पसल संचालक यतीबेला प्रहरी हिरासतमा रहेका छन् । उनले आफ्नो अधिकार बाहिर गएर बिमारीलाई स्लाईन पानी चढाउने तथा सुई लगाउने काम गर्दे आएका थिए ।
चन्द्रनिगाहपुरको मुख्य चोकमा मेडिकल संचालन गरेर बसेका हिराकान्त प्रसाद चौधरी (गौरव थारु)ले संचालन गरेको मेडिकलमा उपचारको क्रममा एकजनाको ज्यान गएपछि उनी यतीबेला ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको हिरासतमा रहेकाछन् । चौधरी मात्र नभएर रौतहट जिल्लामा बिना दर्ताका औषधी पसल र अस्पतालकै बिगबिगि भएपनि समबन्धीत निकायले अनुगमन नगरेको स्थानीयको भनाइ रहेको छ ।
चन्द्रनिगाहपुर देखी गौर सम्म हरेक चोकमा सरकारी मापदण्डको खिल्ली उडाउदै अस्पताल संचालन गरिएको भएपनि सरकारी तवरबाट त्यसको अनुगमन हुन सकेको छैन् ।
चन्द्रनिगाहपुर गौर रोगमा खुलेका अधिकांस अस्पतालले भारतीय डाक्टर बोलाएर नेपालीको उपचार गाराउदै आएका छन् ।
औषधी ब्यवस्था बिभाग, प्रशासन, प्रहरी तथा स्वास्थ्य कार्यालय लगायत स्थानीय तहले पनि त्यस्ता डाक्टर र उनीहरुले संचालन गरेको औषधी पसलमा रोक नलगाउदा यहँको जन स्वास्थय समस्या जटिल बन्दै गएको छ । ग्रामीण भेगमा मात्र नभै नगर क्षेत्र भित्र समेत यस्ता डाक्टरले खुलेयाम आफ्नो क्लिनीक खोलेर बसे पनि समन्धीत निकाय भने मौन बनेको छ ।
उनीहरुले यहा गैर कानूनी रुपमा औषधी पसल समेत सञ्चालन गरिरहेका छन् । औषधी पसल सञ्चालन तथा बिरामीको चेकजाको लागि मेडकल काउन्सिल, औषधी व्यवस्था विभाग बाट अनिवार्य स्विकृति लिुनपर्ने भएपनि रौतहटमा सयौ अनुमति बगेरका औषधी पसल यस्ता डाक्टरद्धारा सञ्चाललत छन् ।
झोले छाप डाक्टर पसल मात्र नभई भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन् ।
यस्ता गैरकानूनी पसल तथा झोले डाक्टरहरु जिल्लाका ग्रामिण भेगमा जरा गाडेर बसेका त छन नै सदरमुकाममा समेत किराना पसल झै छ्यापछयाप्ती छन् ।
जिल्लामा कति झोले डाक्टर र दर्तावाल औषधी पसल छन र कति छैनन त्यसको तथ्याङ्क राख्ने निकाय समेत जिल्लामा छैन । जिल्लाका ८० प्रतिशत भन्दा बढि स्विकृती विना त्यस्ता औषधी पसल सञ्चालन भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्यस्ता औषधी पसलहरुमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधीहरु विक्रि हुने गरेको छ ।
जसका कारण स्वास्थ्य सेवा झन जटिल बन्दै गइरहेको छ । झोले डाक्टरले ग्यारन्टीका साथ यौन रोग, हाईड्रोसील, हर्निया लागायतका आफनो क्लिनीकमा उपचार गरिन्छ भन्ने ब्यापक प्रचार प्रसार गरेर आम जनाताको स्वास्थय माथी खेलवाड गरे पनि कसैले कारवाही गर्ने आट गरेको देखिदैन ।
यता राज्यबाट सेबा पुराउन नसकेका स्थानमा सि.एम.ए., ए.एन.एम र हेल्थ असिस्टेन्ट अध्ययन गर्ने व्यक्तिले रोजगारी पाउन नसक्दा ग्रामिण क्षेत्रमा स्वास्थ्य सेवाका साथै औषधी पसलहरु सञ्चालन गर्ने पनि जनस्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने यस क्षेत्रमा प्राप्त अनुगमन गर्ने प्रणाली नबसालेर सरकारले उनीहरुलाई उत्साहित गरेको औषधी व्यवसायी आरोप छ । २०७९ साउन ३० गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here