गरुडा,३१ साउन ।
राष्ट्रपति विद्या देवी भण्डारीले नागरिकता फिर्ता गरेको भन्दै रौतहटको गरुडा बजारमा बिरोध प्रर्दशन भएको छ । नेपाली कांग्रेस रौतहटको आयोजनामा बिरोध प्रर्दशन भएको थियो । उनीहरुले सोमबार दिउसो गरुडा बजारमा बिधयक फिर्ताको बिरोधमा आधा घण्टा चक्का जाम समेत गरेका थिए ।
नेपाली काग्रेस रौतहटका बरिष्ठ नेता हृदय नारायण यादवको नृतृत्वमा बिरोध प्रर्दशन भएको थियो । प्रर्दशनपछि आयोजित कोणसभामा बोल्दै नेता यादवले अबिलम्ब नागरिकता बिधयक प्रमाणीकरण नगरे नेपाली कांग्रेसले कडा अन्दोलन गर्ने चेतावनी दिएका थिए ।
नेपाली कांग्रेसका मधेश प्रदेश सदस्य एवम सुचना संचार तथा प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले विधयक फिर्ताबाट लाखौ लाख मधेशी मारमा परेको बताएका थिए । उनले बिरोध प्रर्दशनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दे राष्ट्रिपतिले आफ्नो कदम संच्याउनुपर्नेमा जोड दिएका थिए । सो कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापति सुनिल कुमार यादव,क्षेत्रनं १ का क्षेत्रिय सभापति श्रराम यादव ,लगाएतकाको सहभागिता रहेको थियो । यस्तै सोमबारनै धनुषाको ढल्केवरमा विरोध प्रदर्शन भएको छ । नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले ढल्केवरस्थित पूर्व पश्चिचम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । नेपाली कांग्रेस मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता कार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको नगर सभापति महतोले बताए ।
राष्ट्रपति भण्डारीविरुद्ध चर्को नाराबाजी समेत गरेका उनीहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here