चन्द्रपुर,१ भदौ । जिल्लाको चन्द्रपुर नगरपालिका वडानं ४ का बिभिन्न सडक एकझर पानीमा पोखरी बन्ने गरेकाछन् । चन्द्रनिगाहपुरको परोनो ईलाका प्रशासन कार्यालय जानेमा एक झर पानी पर्नासाथ बाटो जलमग्न हुने गरेको छ । केही दिन पहिला परेको पानीका कारण सो सडक अझैपनि जलमग्न रहेको छ । बाटोमा पानी जम्ने गरेका कारण सो बाटोबाट सर्बसाधारण हिडन समस्या भएको स्थानीयको भनाइ रहेको छ । सो बाटो भएर ठाडाटोल ,कप्तान टोल र टेकान टोल जाने स्थानीयले समस्या खेप्दै आएका छन् । पुर्व पश्चिम राजमार्गबाट भित्र छिर्ना साथ एक दिन परेको पानीले एक हप्ता बाटो हिडनै नहुने हुने गरेको स्थानीय चन्द्रकान्त घिमिरेको भनाइ रहेको छ । ढलान गरेको सो बाटोमा पानी जम्ने गरेका कारण आवत जावतमा समस्या हुदा समेत स्थानीय जन प्रतिनिधिले चासो नदिएको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर नगरपालिका वाडनं ४ का वडा अध्यक्ष रबीराना मगरले सो बाटोको बिषयमा आफुले तत्काल केही निर्णय दिने बताए । उनले स्थानीयले घर अग्लो बनाएको र बाटो तल परेका कारण एकझ पानीमा सडकनै पोखरी बन्ने गरेको बताउदै यस बिषयमा आफुले सक्दो चाडो काम गर्ने तराई एक्सप्रेसलाई बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here