चन्द्रपुर,२ भदौ । डिभिजन वन कार्यालय रौतहटले काचो सालको काठ सहित एकजनालाई पक्राउ गरेको छ ।
वनबाट काटेर लगेको काचो सालको गोलिया सहित चन्द्रपुर ७ नयांबस्तीका खखनु मुखियाको घरबाट करिव ३० क्युफिट काचो सालको गोलिया सहित पाचु दास पक्राउ गरेको सहायक वन अधिकृत रामकेवल रायले जानकारी दिएकाछन् ।
जिल्लाको राष्ट्रिय वनबाट पछिल्लो समय काचा सालको काठ चोरी तस्करी व्यापक रुपमा बढेको स्थानीयको भनाइ रहेको छ । सो क्षेत्रमा भएको काठ चोरी तस्करीको समाचार तराई एक्सप्रेस दैनिकमा प्रकाशन भएपछि वन कार्यालयले गस्ती बढाएको हो ।
दासलाई काचो काठ सहित वन गस्ति टोलीले बिहिबार दिउसो पक्राउ गरेको हो ।
पक्राउ परेका दास र बरामद भएको काठ डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा ल्याएर अवस्यक कार्वाहीको प्रक्रिया सुरु भएको सहायक वन अधिकृत रायको भनाइ रहेको छ ।
रंगपुर साझेदारी वन क्षेत्रमा साझेदारी वनकै हरालुको मिलेमतोमा काचा सालका रुख काटेर बिभिन्न स्थानमा रहेका चिरान मिलमा लगेर बिक्रि बितरण हुदै आएको स्थानीय बासिन्दाले बताएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here