अशोक पहाडी
रौतहट,२ भदौ । पुर्व पश्चिम राजमार्गको चन्द्रनिगाहपुर बागमती सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा तीजनाको ज्यान गएको छ ।
सर्लाहीबाट रौतहटको चन्द्रनिगाहपुर तर्फ आउदै गरेको प्रदेश २ –२००१ ह २१०९ नम्बरको टेम्पुलाई काठमाण्डौ बाट सर्लाही तर्फ जादै गरेको बागमती ०३–००१ ख २०१ नम्बरको नाईट बसले ठक्कर दिदा सर्लाहीको बागमती नगरपालिकाका ३ जनाको ज्यान गएको हो । मृतक मध्य सर्लाहीको बागमती नगरपालिका शोल्टी घर भएका ढकबहादुर लुङगेली मगरको मात्र सनाखत भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएका छन् । मृतक २ जना पुरुषको सनाखत हुन बाकी रहेको डिएसपी जयसवारले बताए । ठक्कर दिने बसलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here