चन्द्रपुर,४ भदौ । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको भवनको शिलान्यास गरिएको छ ।
मधेश प्रदेशसभा सदस्य धनलाल ठोकरले शुक्रबार एक कार्यक्रमका बिच संघको भवनको शिलान्यास गरेका हुन् ।
चन्द्रपुर नगरमा व्यवसाय गर्ने सबै व्यापारीको सपनाका रुपमा रहेको संघको भवन निर्माण हुदा व्यवसायीक प्रबर्दन हुने बताउदै प्रदेशसभा सदस्य ठोकरले नवनिर्वाचित कार्यसमितिको भवन निर्माण गर्ने योजनाको प्रशंसा गरेका थिए ।
तीन करोड ५० लाखको लागतमा बन्ने भवन ४ तलाको हुनेछ भने भवन नगरपालिकाको मापदण्ड अनुसार बन्ने चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले जानकारी दिए ।
उनका अनुसार भवन अपांग मैत्री,भुकम्पमैत्री र अत्याधुनक हुनेछ भने भवनमा बस्तुगत संघ—संस्थाको कार्यालय,सभाहल,बैठक कक्ष रहनेछन् ।
अध्यक्ष सापकोटाले भवन आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिबद्धता जनाउदै समग्र व्यवसाय र व्यवसायीका हितका लागी संघ लागिपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here