बिजयपुर,४ भदौ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको बहुक्षेत्रिय क्षेत्रीय पोषण कार्यक्रममा अनियमितता भएको आरोप लागेको छ । कार्यक्रम संयोजक मुकेश साहले कार्यक्रम नै सञ्चालन नगरी भुक्तानी लिएको बुझिएको छ ।
नगरपालिकाले गाउँका सुत्केरी, गर्भवती महिलालाई बहुक्षेत्रीय पोषण योजना अन्तर्गत युरोपेली संघ र संयुक्त राष्ट्रसंघिय बालकोष (युनिसेफ) को सहयोगमा सो नपाका वडामा महिलाहरूलाई कुखुरा, घिउ तथा पोषण सामाग्री वितरण गर्नका लागि आएको रकम अनियमितता गरेको आरोप छ । गत बुधबार बहुक्षेत्रिय पोषण कार्यक्रम नगर स्तरीय पोषण तथा खाद्व सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमूखिकरणको नाममा एक दिनमै १३ लाख बजेट सकाईएको छ । गत आर्थिक वर्ष २०७÷७९ मा सकाउनु पर्ने कार्यक्रम चालू आर्थिक वर्ष २०७९÷० को एकै दिन कार्यक्रम गरि सकाईएको छ । कार्यक्रममा टाँसिएको बैनरमा मिति पनि लेखिएको थिएन । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शम्भु कुमार यादवलाई राजनीतिक दबाब दिलाई कामै नगरी पेश्कीको रकम हिनामिना गरेका छन् । १३ लाखको रकममा भएको सो कार्यक्रममा अनियमितता भएकाले छानबिन हुनुपर्ने माग स्थानीयको छ ।बाल र मातृ मृत्युदर घटाउन र विपन्न तथा सीमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्षमुनिका बच्चालाई पोषण प्रदान गर्ने उद्देश्यले सो कार्यक्रम सञ्चालित रहेको छ । कार्यक्रम सञ्चालन भएको भए करिब २७ लाख जति बजेट आउने थियो । तर कार्यक्रम नै नगरेकोले बहुक्षेत्रिय पोषण कार्यक्रमका लागि १३ लाख मात्र बजेट उपलब्ध गराईएको हो । यस विषयमा कार्यक्रम संयोजक साह सग सोध्दा सम्पर्क हुन सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here