अशोक पहाडी
रौतहट,५ भदौ । रौतहटको चन्द्रपुरमा ७७ वर्षीय वृद्धलाई २३ वर्षीय युवाको कुटपिटका कारण मृत्यु भएपछि मृतकका आफ्न्तले पुर्व पश्चिम राजमार्ग बन्द गरेकाछन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी वृद्ध रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका थिए । उनको उपचारका क्रममा आज बिहान काठमाण्डौ स्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।
एक हप्ता पहिला चौधरीले बृद्ध घिमिरेलाई लाठीले मरणसन्न हुने गरी कुटेपछि पिडितका आफ्न्तले जाहेरी दिादा समेत ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पिडक पक्राउ नगरेको र बृद्धको उपचार समेत राम्रसंग नभएका कारण ज्यान गएको भन्दै स्थानीयले टायर बालेर प्रहरी बिरुद्ध प्रर्दशन गर्दै चन्द्रनिगाहपुरमा चक्का जाम गरेका हुन ।
पिडित परिवारका अनुसार गत शनिबार साझ एक्कासी चौधरीले लठ्ठी तथा मुड्कीले अन्धाधुन्ध कुटपिट गरेका हुन् । कुटपिट पछि घाइते भएका घिमिरेलाई स्थानियले उद्धार गरेर चन्द्रपुर ४ मा रहेको सिभिल अस्पताल प्रा.लि.मा उपचारको लागि लगेका थिए । त्यहा उपचार हुन नसकेपछि थप उपचारको लागी घिमिरेलाइ काठमाण्डौको नर्भिक अस्पताल भर्ना गरिएको थियो । उनको ढाड, कम्मर , तिघ्रा, खुट्टा, हात तथा अनुहारमा देखिने गरी चोटपटक लागेको थियो । कुटाइका कारण घिमिरेमा शरीरका विभिन्न भागहरुमा सुम्लासहितको निलडाम बसेको थियो । चौधरीले आफूलाई पूरानो रिसइबी राखेर कुटपिट गरेको पीडितको भनाइ छ । पीडितका अनुसार पैनीमा पर्खाल बनाउने बेलाको पुरानो रिसीवीको कारण आक्रमण भएको थियो ।
चौधरीको नाममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका दिएको भएपनि प्रहरीले पिडिक पक्राउ नगरेर भगाउन सहयोग गरेको पिडितका आफ्न्तको भनाइ रहेको छ ।
घिमिरेको मृत्यु भएपछि आज बिहान प्रहरीले पिडिक चौधरीका आमा बाबु र दिद बैनीलाई नियन्त्रणमा लिएको छ । मुख्य आरोपी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । चौधरीको खोजी कार्य जारी राखेको हाल उनी फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तुप्रसाद जैसवारले बताए । स्थानिय विष्णु उप्रेतीका अनुसार प्रहरीले राजनैतिक दवावका कारण चौधरीलाई बेलामा पक्राउ नगर्दा आफुहरुले बाध्य भएर चक्का जाम गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here