चन्द्रनिगाहपुर,५ भदौ । चार घण्टा देखी बन्द रहेको पुर्व पश्चिम राजमार्ग खुलाउन प्रहरीले अझै प्रयास गरेको छैन । राजमार्ग नखुल्दा सयो सवारी साधान र हजारौ यात्रु अलपत्र परेकाछन् । बाटो खुलाउने र पिडित पक्षसंग प्रहरीले समन्वय गर्न सकेको छैन ।
रौतहटको चन्द्रपुरमा ७७ वर्षीय वृद्धलाई २३ वर्षीय युवाको कुटपिटका कारण मृत्यु भएपछि मृतकका आफ्न्तले पुर्व पश्चिम राजमार्ग बन्द गरेकाछन् ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी वृद्ध रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका थिए । उनको उपचारका क्रममा आज बिहान काठमाण्डौ स्थित टिचिङ अस्पतालमा मृत्यु भएको थियो ।