चन्द्रपुर,९ भदौ ।
नदिजन्य बस्तुको कारोवारमा दिन दुगुना रात चौगुना कमाई हुने भएपछि रौतहटमा दलका नेता देखी उद्योगी सम्मले यही व्यापार रुचाउन थालेका छन् । रौतहट जिल्लाका बिभिन्न स्थानमा वासिङ प्लान्टको नाममा अबैध रुपमा क्रसर संचालन भएको भएपनि त्यस तर्फ स्थानीय प्रशासनले ध्यान नदिएको गुनासो बढदै जान थालेको छ ।
२०७७ मंसिरमा जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा अवैध र मापदण्ड विपरीत सञ्चालनमा रहेका आठ वटा क्रसर उद्योग तथा वासिङ उद्योगहरूलाई बन्द गरेको थियो । त्यस यता जिल्ला प्रशासन कार्यालय रौतहटले ध्यान नदिएका कारण वासिङ प्लान्टको नाममा क्रसर उद्योग संचलान गरेर रातारात धनीहुनेको संख्या बढदै जान थालेको छ । पछिल्लो समयमा नदिजन्य बस्तुको व्यापारमा रातारात मालामाल हुने देखिएपछि दलका नेताहरुनै यस्तो व्यावसायमा सक्रिय रहेका छन् । कम्पनी रजिष्टारको कार्यालयमा वासिङ प्लान्ट दर्ता गरेर क्रसर संचालन गर्नेमा दलका नेताहरुनै अगाडी रहेका छन् । नेपाली काग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादव ,नेपाली काग्रेसका मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादव ,माओवादीका नेता अजय तिमलसिना राजनितिसंगै खोलाजन्य बस्तुको बिक्रिका लागि वासिङ प्लान्टको नाममा क्रसर उद्योग संचालन गरेर बसेकाछन् ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पनि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नरहेको र स्थानीय तहबाट पनि अनुमति नलिएका वृन्दावन नगरपालिका ६ मा सञ्चालित श्रीराम जानकी क्रसर उद्योग तथा फतुवा विजयपुर नगरपालिका ८ स्थित सुमुख क्रसर उद्योगलाई तत्काल बन्द गर्ने निर्णय तत्कालिन रौतहटका सिडियो ईन्द्रदेव यादवले गरेका थिए । चन्द्रनिगाहपुर गौर सडक खण्डमा रहेको एक वासिङ प्लान्टले नियम विपरित क्रसर संचालन गर्दै आएको स्थानीयको भनाइ रहेको छ । चन्द्रपुर १० मा गोदावरी स्टीलले समेत नियमि विपरित क्रसर उद्योग संचलान गरेको जानकारहरुको भनाइ रहेको छ । गरुडा नगरपालिका ५ महम्मदपुरमा सञ्चालित शिवशंकर क्रसर उद्योगले मात्र क्रसर संचालनको अनुमती पाएको व्यावसायीको भनाइ रहेको छ । । वृन्दावन नगरपालिका–१ का संकट मोचन वासिङ उद्योग तथा शिव वालुवा वासिङ उद्योगले समेत नियम विपरित क्रसर उद्योग संचलान गर्दै आएको छ ।
राष्ट्रिय गौरवको आयोजना तथा प्राथमिकता प्राप्त योजनाहरूको हकमा आवश्यक कागजातहरू पेश गर्न लगाई सोको अध्ययनपछि आवश्यकता र औचित्यको आधारमा सञ्चालन गर्न अनुमति दिने निर्णय भएका क्रसर उद्योगहरूमा चन्द्रपुर नगरपालिका ८ स्थित आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग , गुजरा नगरपालिकाको रमन–सगरमाथा जेभी क्रसर उद्योग र फतुवा विजयपुर नगरपालिकामा रहेको श्रेष्ठ धुकुछु मृत संजीवनी जेभी क्रसर उद्योगलाई तत्कालिन समयमा बन्द गर्न स्थानीय प्रशासनले आदेश दिएको थियो । आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योगका कारण नजपुर र अल्टोकी गाउका बासिन्दा आफुहरु समस्यामा परेको बताउदै आएकाछन्
जिल्लाको गुजरा नगरपालिकामा सगुन कन्ट्रक्सनले समेत बिना दर्ता क्रसर संचालन गरेको स्वयम त्यसका संचालक कृष्ण खड्काको भनाइ रहेको छ । सञ्चालनमा रहेका क्रसर उद्योगहरूले कच्चा बिलहरूको प्रयोग गरी बिक्री वितरण गर्दै आएकोमा सोबाट राज्यलाई ठूलो राजस्व घाटा भइरहेकाले अनिवार्य रुपमा भ्याट बिल मात्र प्रयोग गर्न लगाउने तथा गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्दा साथमा भ्याट बिल लिनुपर्ने निर्देशन भएपनि त्यसो हुन सकेको छैन । २०७९ भदौ ९ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।