नुनथर,१२ भदौ ।
मधेश प्रदेशकै धार्मीक तथा पर्यटकिय स्थल नुनथरमा यतीबेला स्थानीय तथा वाहिरका पर्यटक तान्नका लागि बिभिन्न काम भईरहेकाछन् । नुनथरमा अहिले भर्खरै हालिएको ठुलो पिङका कारण बाहिरका मान्छेहरुको आवागमन बढदै जान थालेको छ । बागमती खोला माथि हालिएको सो पिङको मजा लिनका मधेश प्रदेशका बिभिन्न जिल्लाबाट मान्छेहरु आउने गरेकाछन् ।
यस भन्दा पहिला हेटौडा ,पोखरा र बाग्लुङमा मात्र रहेको सो पिङ एक महिना पहिला रौतहटको चन्द्रपुर नगरपालिका वडानं १ मा रहेको पर्यटकिय क्षेत्र नुनथरमा समेत स्थापना गरिएपछि नुनथरको आर्कषण बढ्दै जान थालेको स्थानीयको भनाइ रहेको छ । साहसिक खेलका रुपमा लिईने जाइन्ट सुइन्ङ नामले समेत चिनिएको यो खेल संचालनका लागि नुनथरका स्थानीय युवाहरुको एक समुहले लगानी गरेको हो । करिव तीस लाखको लागतमा संचालनमा आएको यो पिङ खेल्नका लागि सिन्धुली, जनकपुर,पर्सा लगाएत भारतको बिभिन्न स्थानबाट मान्छेहरु आउने गरेको संचालक नारायण थापा मगरले बताए । साहसिक खेलका रुपमा रहेको यो पिङका कारण नुनथरको आर्कषर्ण बढदै जान थालेको स्थानीय युवा तथा पिङ संचालक सुवास मुर्गाछाने मगरको भनाइ रहेको छ । पछिल्लो समय नुनथरमा पर्यटक आर्कषणका लागि बोट लगाएतका मनोरंजनका साधनहरु थपिदै जान थालेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here