अशोक पहाडी
चन्द्रपुर,१३ भदौ ।
रौतहट क्षेत्रनं ४ मा गठबन्धन भएपनि नभएपनि नेपाली कांग्रेसकै पल्लाभारी देखिएको छ । गएको स्थानीय तहमा रौतहट क्षेत्रनं ४ मा पर्ने वडामा पनि काग्रेसकै वडा अध्यक्षको वर्चश्व कायम रहेको छ ।
चुनावी सरगर्मी बढदै जादा यतीबेला राजनैतिकदलहरु मतको आंकलनमा लागेका छन् । यो क्षेत्रबाट कुन पार्टीबाट को चुनाव लड्ने भन्ने एकिन नभएपनि धेरै नेताहरुले आफ्नो दावी प्रस्तुत गरेकाछन् । नेपाली कांग्रेसले गएको संघिय निर्वाचनमा देशभरी जम्मा २३ सिट प्रतक्ष तर्फ चुनाव जितेको थियो । त्यो २३ मध्य रौतहट ४ मा नेकपा एमाले र माओवादीका साझा उम्मेदवार डाक्टर बंशिधर मिश्रलाई अत्याधिक मतले हराउदै नेपाली कांग्रेसका देव प्रसाद तिमलसिनाले चुनाव जितेका थिए ।
आंउदो मंसिरमा हुने निर्वाचनमा गत चुनावको परिणामका आधारमा तिमलसिनानै उम्मेदवार हुने कांग्रेस जनको आंकलन रहेको छ । उता रौतहट ४ मा नेपाली कांग्रेसका नयां अनुहारले टिकट पाउने भन्दै कांग्रेसकै अर्काथरी कार्यकर्ताले सामाजिक संजालमा आफ्ना भनाई पोष्ट्याउन भ्याएका छन् ।
नेपाली काग्रेसका रबिनचन्द्र कोईराला रौतहट ४ बाट संघिय संसदका लागि टिकटको लविङमा लागेको एकथरी काग्रेस कार्यकर्ताहरुको भनाइ रहेको छ । यो क्षेत्रमा गठबन्धनमा कुरा मिले नेकपा माओवादीका पोलिटव्युरो सदस्य तथा युवा नेता युवराज भट्टराईले समेत चुनाव लड्ने योजनामा रहेको बुझिएको छ । नेकपा एमालेबाट केन्द्रीय सदस्य उद्धव रेग्मी चुनावी मैदानमा उत्रने एमाले कार्यकर्ताहरुको भनाइ रहेको छ ।
रौतहट क्षेत्रनं ४ मा चन्द्रपुर नगरपालिकाका १० वटा वडा ,गढीमाई नगरपालिकाका ६ वटा वडा र गरुडा नगरपालिकाका ५ वटा वडा रहेकाछन् । यतीबेला चुनाव जित्नका लागि गएको स्थानीय तहको चुनावमा कुन पार्टीले कति वटा वडामा चुनाव जित्यो भन्ने आंकलन समेत सूर भएको छ ।
गएको स्थानीय तहको चुनावमा चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसले ५ वटा वडामा जित हात पारेको थियो । नेकपा एमालले २ वटा वडामा जित निकालेको थियो ,भने माओवादीले पनि ३ वटा वडामा जित निकाल्न सफल भएको थियो । बृन्दावन नगरपालिकामा सवैभन्दा धेरै नेकपा एकीकृत समाजवादीले ५ वडा वडामा जितेको थियो । बृन्दावन नगरपालिकामा नेपाली कांग्रेसले एउटा पनि वडामा चुनाव जित्न सकेको थिएन् । सो नगरपालिकामा नेकपा माओवादीले ३ वटा वडा र नेकपा एमालेले एउटा वडामा चुनाव जितेको थियो ।
रौतहट क्षेत्रनं ४ मा पर्ने गढीमाई नगरपालिकाको ६ वटा वडा मध्यमा २ वटा वडामा नेपाली काग्रेसका उम्मेदवारले चुनाव जितेका थिए । गढीमाईमा एकीकृत समाजवादीले एउटा वडा ,माओवादीले एउटा वडा ,छाता र साईकल छापले एक एक वडामा चुनाव जितेका थिए ।
४ नम्बर क्षेत्रमा पर्ने गरुडा नगरपालिकाका ५ वटा वडा नेपाली कांग्रेस १ ,एकीकृत समाजवादी १ ,माओवादी १ ,छाता छाप १ र साईकल छापले १ वडामा जित निकालेका थिए । गएको स्थानीय तहमा जितेका वडालाई आधार मान्ने हो भने नेपाली कांग्रेसकै धेरै वडा अध्यक्षले चुनाव जितेका छन् । यो क्षेत्रमा नेपाली कांग्रेसका ९ जना वडा अध्यक्षले चुनाव जितेकाछन् । एकीकृत समाजवादी र माओवादीले सात सत वडा अध्यक्ष जितेकाछन् । यो क्षेत्रभरीमा नेकपा एमाले जम्मा तीन वटा वडा जितेको थियो । छाता छापले ३ र साईकल छापले २ वडा अध्यक्ष जितेकाछन् ।
चुनावको मिति नजिकदै जांदा रौतहट ४ मा २०४६ सालको राजनैतिक परिवर्तन पछि कसैले पनि दोहो¥याएर चुनाव नजितेको नजिरलाई मध्य नजर गर्दै उम्मेदवारहरुले चुनाव लडने तयारी गरिरहेका छन् । २०७९ भदौ १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here