गौर,१३ भदौ । सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । रौतहटसँगै देशभरी नै सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति देख्न थालिएको छ ।
सूचना प्रविधिको तीव्र विकासले देशको विकट भौगोलिक दूरीसमेत कम गरिदिएको छ । प्रविधिको प्रयोगमार्फत छिटो–छरितो रूपमा सूचना आदानप्रदान गर्न सकिने भएको छ । यसका साथै देशको ग्रामीण भेगमा पनि आधुनिक सूचना प्रविधिको प्रयोग बढ्दो छ ।
अहिले गाउँमा बस्ने ग्रामीण महिला खाडीमा बसेर पसिना बगाइरहेका आफ्ना श्रीमानसग भिडियोमार्फत कुरा गर्छिन् । विकट गाउ“मा बस्ने वृद्ध आमा विदेशमा बसेर पढिरहेको आफ्ना छोराछोरीसंग भिडियो च्याटमा सम्झना साटिरहेकी हुन्छिन् । यसले देखाउछ, सूचना र प्रविधिमा हाम्रो देश कति फड्को मारेको छ ।
यसैविच रौतहटमा सूचना प्रविधिको विकाससंगै आधुनिक सञ्चार सुविधाको बढ्दो प्रयोगले हुलाक कार्यालय ओझेलमा पर्दै गएको छ ।
हुलाक मार्फत चिठीपत्र उठाँउदा समय धेरै लाग्ने र मोवाइल, टेलिफोन, इन्टरनेटको माध्यमबाट पठाउन खोजेको सन्देश क्षणभरमै विश्वको कुनै पनि कुनामा पुग्ने भएकोले हुलाक कार्यालयको मान्याता विस्तारै कम हुँदै गएको छ ।
हुलाकबाट सन्देश पठाँउदा धेरै समय लाग्ने भएपछि पछिलो समय सर्वसाधारणहरु छिटोछरितो सन्देश पुग्ने माध्यमको रुपमा मोवाइल, टेलिफोन, इन्टरनेट, समाजिक सञ्जाल प्रयोग गर्न थालेका छन् ।
आफना आफन्त वा साथीलाई सन्देश पठाउन सर्वसाधारणको रोजाइमा मोवाइल, टेलिफोन, इन्टरनेट, समाजिक सञ्जाल लगाएत सूचना प्रविधिको उपयोग बढ्दै गएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here