गौर,१५ भदौ ।
रौतहटमा चामलको कालो बजारी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य सितामढी जिल्ला बैरगनिया घर भएका अन्दाजी वर्ष ४४ को राजेन्द्र प्रसाद गुप्ता रहेका छन् । प्रहरीले सोमबार अन्दाजी ०९ः५५ बजेको समयमा जिल्लाको गौर नगरपालिका १ रामजानकी धर्मशाला स्थित चामल पसलमा छापेमारी गरेको थियो । पक्राउ परेका गुप्ताले ईण्डियन ब्राण्डेड बोरामा लोकल कमसल चामल प्याकिन्ङ गरिरहेको अवस्थामा पक्राउ परेका हुन् । सो खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटी गई बुझ्दा लोकल चामल–५० बोरा खुल्ला, २९२ बोरा प्याकिन्ङ, १२० वटा खाली बोरा र बोरा सिलाउने मेसिन–१ थान फेला पारी उक्त खाद्यान्य समाग्री सोहि स्थानमा सिलबन्दी गरेको थियो । गुप्तालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आज मंगलबार कालो बजार मुद्दा शिर्षक अन्तर्गत जिल्ला प्रशासन कार्यालय, रौतहटबाट म्याद थप लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here