आरके श्रीवास्तव,
रौतहट,१८ भदौ ।
रौतहटको कटहरिया नगरपालिकामा अखिल नेपाल किसान महासंघ कमिटी गठन भएको छ । सो नगरपालिकाको वडा नम्बर १ मा अ.ने.कि.महासंघको वडा कमिटी गठनको लागि भेला बोलाईएको थियो ।
भेलाको अध्यक्षता किशोरी प्रसाद कुशवाहाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा नेकपा एमाले प्रदेश कमिटी सदस्य योगेन्द्र साह रह्नु भएको थियो ।
गठित कमिटीको अध्यक्षमा रामगणेश महतो,उपाध्यक्षमा नन्दु राम,सचिव रामकिशोर कुशवाहा रहेका छन् ।
महतोको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको प्रमुख अतिथि साहले जानकारी गराउनु भयो ।
सो अवसरमा जिल्ला कमिटी सदस्य बिनोद साह,सन्तलाल यादव ,राजकुमार साह,अ.ने.कि.महासंघको नगर अध्यक्ष सुरेश कुमार यादव लगायतहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here