चन्द्रनिगाहपुर,१९ भदौ । केहीदिन देखीको बर्षाको पानी चन्द्रनिगाहपुरका नालाबाट बग्न छाडेकाछन् । नाला नियमित सफा नगरेका कारण नालाबाट बग्नुपर्ने पानी सडकबाट बगेको छ । नगरपालिकाको कार्यालयले समयमा नाला सफा नगरेका कारण यस्तो अवस्था आएको स्थानीय रिक्सा चालक केदार तिमलसिनाको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको मुख्य चोक ,देउराली चोक बजार भन्दा केही तल नालाबाट बग्नुपर्ने पानी सडकबाट बग्न थालेपछि पैदल यात्रु मारमा परेकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here