चन्द्रपुर,२० भदौ । चन्द्रपुर नगरपालिकाले आफ्नो नगर क्षेत्रको पुर्व पश्चिम राजमार्गको दायाँबाँया २५÷२५ मिटर र चन्द्रनिगाहपुर गौर सडक खण्डको दाँयाबाँया १५ ÷१५ मिटर खाली गर्न अनुरोध गरेको छ ।
राजमार्ग छेउ अतिक्रमण गरेर बनेका घर ,टहरा ,फलफुल पसल ,निर्माण सामाग्री ७ दिनभित्र नहटाए नगरपालिकाले बाध्य आफै हटाउने चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले सुचना प्रकाशित गर्दै जानकारी दिएकाछन् । सडक अतिक्रमणका कारण राजमार्गमा सवारी दुर्घटनाको खतरा बढदै गएको समाचार तराई एक्सप्रेस लगाएतका संचारमाध्यममा आएपछि नगरपालिकाका मेयर आफ्ले एक्सनमा आएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here