सर्लाही,२२ भदौ । सर्लाहीको बागमती नगरपालिका ११ स्थित पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् ।
बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणको लापरबाहीले आफ्ना मानिसको ज्यान गएको भन्दै स्थानियले क्षतिपूर्तिको माग गरेका छन् भने विद्युत प्राधिकरणको लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लोकमार्ग अवरुद्ध गरेका हुन ।
बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाको करेन्ट लागेर ज्यान गएको थियो ।
सडक अवरुद्ध भएको स्थानमा ठुलो मात्रामा सुरक्षाकर्मी तैनाथ भएका छन् भने स्थानीयले टायर वालेर सडक अवरुद्घ गरि रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here