गौर,२३ भदौ ।
अगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनका लागि रौतहट जिल्लामा रहेका प्रतिनिधि सभाको ४ सिट र प्रदेश सभाको ८ सिटको लागि प्रत्यक्ष चुनाव लड्ने सम्भावीत उम्मेदवारको सुची तयार गरेर नेपाली का“ग्रेस रौतहट प्रदेश समितिलाई सिफारिस गरेका छन् ।
क्षेत्रिय समितिको सिफारिसको आधारमा प्राप्त भएको सम्भावित उम्मेदवारको नामावलीलाई नेपाली काँग्रेस जिल्ला समिति रौतहटले निर्णय गर्दै प्रदेश समितिलाई नामावली निर्णय गर्दै सिफारिस गरिएको जिल्ला सभापति सुनिलकुमार यादवले जानकारी दिएका हुन् ।
रौतहट क्षेत्र नम्वर १ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादवको एकल नाम सिफारिस गरिएको हो । निर्वाचन क्षेत्र नम्वर २ प्रतिनिधि सभाको लागि निलम्वीत साँसद मोहम्मद आफताव आलम र अन्जु झा । क्षेत्र नम्वर ३ प्रतिनिधि सभाको लागि कृष्णप्रसाद यादव, सुनिलकुमार यादव र ओमप्रकाश तथा निर्वाचन क्षेत्र नम्वर ४ प्रतिनिधि सभाको लागि देवप्रसाद तिमलसिना, रविन चन्द्र कोइराला, मिथिलेशकुमार मिश्र, शेख अमिरुल, कल्याण कार्की र सन्ध्या देवीको नाम सिफारिस गरिएको बताइएको छ ।
यस्तै प्रदेश सभाको जिल्लामा रहेको ८ क्षेत्र मध्ये रौतहट निर्वाचन क्षेत्र नम्वर १ को (क) मा कृष्णप्रसाद यादव, नागेन्द्र साह । (ख) बाट कृष्णप्रसाद यादवको एकल नाम सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्वर २ को (क) बाट सकिल अख्तर, लालविहारी साह, लालबाबु जयसवाल, शेख रासिद अली र पंकज सिन्हा । क्षेत्र नम्वर २ को (ख) बाट रामचन्द्र गिरीको एकल सिफारिस भएको बताइएको छ ।
यसैगरी निर्वाचन क्षेत्र नम्वर ३ को (क) मोहम्मद फिरोज आलम, बालमिकी प्रसाद यादव, राममंगल प्रसाद यादव, जवाहरलाल प्रसाद यादव र मोहम्मद शेराज । क्षेत्र नम्वर ३ को (ख) मा सुनिलकुमार यादव, नविनचन्द्र यादव, राजकिशोर प्रसाद साह, उमेश राय यदाव र भैरो लाल महतोको नाम सिफारिस गरिएको छ ।
निर्वाचन क्षेत्र नम्वर ४ को (क) मा धनलाल ठोकर, अजय कुमा, लेखनाथ कोइराला, जितेन्द्र चौधरी, संजयकुमार कार्की, सुर्य बहादुर थापा, केदार थापा, अधिकलाल चौधरी, मुकेश गिरी, गिता भारती गरी १० जनाको नाम सफारिस भएको छ भने निर्वाचन क्षेत्र नम्वर ४ को (ख) मा कृष्णप्रसाद यादव, लालबाबु प्रसाद यादव, संजय यादव, गोविन्द साह, मोहम्मद जमसैद, शेख नजबुल्लाह, रामकृष्ण चौधरी, लक्ष्मण साह, लालबाबु सहनी, रामवशिष्ट राय यादव, उपेन्द्र साह र चुनचुन साह गरी १२ जना सम्भावित उम्मेदरवारको नाम सिफारिस सहित मधेश प्रदेश कार्यालयमा पठाइएको जिल्ला समिति रौतहटले जनाएका छन् ।
सिफारिस गरिएका सम्भावित उम्मेदवारको नामावली मध्ये मधेश प्रदेशका सभापति कृष्ण प्रसाद यादवको नाम ५ वटा निर्वाचन क्षेत्रमा राखिएको छ ।
जसमध्ये १ र ३ नम्वर क्षेत्रको प्रतिनिधि सभामा तथा प्रदेश सभाको लागि १ नम्वर क्षेत्रको क र ख एवं निर्वाचन क्षेत्र नम्वर ४ को ख गरी ५ स्थानबाट उनको नाम सिफारिस गरिएका नेपाली कांग्रेसद्धारा उपलब्ध गराइएको सुचीमा उल्लेख रहेको छ । २०७९ भदौ २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here