चन्द्रपुर,२३ भदौ । गण्डकी प्रदेशमा हुन गईरहेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बिभिन्न खेलको रौतहट जिल्ला स्तरिय प्रतियोगिता सुरु भएको छ ।
करांते खेल तर्फको जिल्ला छनौटको बिहिबार चन्द्रपुर नगरपालिकाका प्रमुख संजय कुमार काफ्लेले उद्धघाटन गरेकाछन् । चन्द्रनिगाहपुर स्थित सितोरियो करांते कवर्डहलमा एक कार्यक्रमका बिच नगरप्रमुख काफ्लेले खेल सामाग्री हस्तान्तरण गर्दै खेलको उदघाटन गरेका हुन ।
जिल्लाबाट छनौट भएर जाने खेलाडीहरुले मधेश प्रदेश स्तरिय खेलमा जितेपछि पोखरामा हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पांउने छन् ।
बिहिबार भएको कराते छनौट प्रतियोगितामा हिमान्सु मगर,एलन श्रेष्ठ ,कुसल बस्नेत ,भिम पहरी ,रचना पाण्डे ,सानुमाया दोङ,रोजना राई ,पाल्मो स्याङतान,प्रतीक्षा तामाङ लगाएतका खेलाडी छनौट भएकाछन् ।
जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यालय प्रमुख बिरेन्द्र ढुंगानको सभाअध्यक्षतामा भएको जिल्ला स्तरिय करांते छनौट प्रतियोगितामा रौतहटका बिभिन्न स्थानमा रहेका करांते डोजोका खेलाडीहरुको सहभागिता रहेको थियो ।