गरुडा,२७ भदौ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा दुई सय भन्दा बढी मिटर व्याजी पिडितको उजुरी परेको छ । आफुहरु मिटर व्याजीबाट पिडित भएको भन्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय गौरमा उजुरी दिएका हुन । पिडितहरु संगठित भएर मिटर व्याजी बिरुद्ध शसक्त आन्दोलनको तयारीमा जुटेका छन् । मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति रौतहटको आयोजनामा पत्रकार सम्मेलन भएको छ ।
मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति केन्द्रीय समितिका सदस्य निर्ग नविनको प्रमुख आतिथ्यमा भएको पत्रकार सम्मेलनमा बोल्नेहरुले मिटर ब्याजी पिडितलाई सहयोग गर्न आग्रह गरेका थिए ।
सो सम्मेलनमा जनता समाजवादी पाटीका नेता राजकुमार दास, राजनितिक अभियन्ता झरना आचार्यले मिटर ब्याजीको समस्या आजकल सामाजिक विकृतिको रुपमा स्थापित भएकोले राज्यको गम्भीर ध्यानाकर्षण गरि समस्या सामाधानको पक्षमा भुमिका खेलीदिन अनुरोध गरेका थिए ।
मिटर ब्याजी तथा ठगी विरुद्ध किसान मजदुर संधर्ष समिति जिल्ला समिति रौतहटका संयोजक शिव शंकर महतोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, उपाध्यक्ष प्रविण कुमार शर्मा सहितका सञ्चारकर्मीको सहभागीता रहेको थियो । सो सम्मेलनमा जिल्लामा २ सय जना भन्दा वढि व्यक्तिले मिटर ब्याजीको बिरुद्वमा उजुरी दिईएको जानकारी दिईएको थियो । उनीहरुले पत्रकार सम्मेलन मार्फत रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीलाई कार्यवाही चलाउन अनुरोध समेत गरेका छन ।