अशोक पहाडी
रौतहट,२ असोज । रौतहटमा एक ईटा उद्योगमा चौकीदारको काम गर्ने एकजनाको शंकास्पद मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडानं १० मा रहेको बिबिए ईटा उद्योगमा चौकीदारको काम गर्ने अन्दाजी ४० बर्षका जलिल मियाको शंकास्पद मृत्यु भएको हो । रातीको समयमा कसैले मियाको टाउकोमा हिर्काएर हत्या गरेको हुन सक्ने ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी सन्तु प्रसाद जयसवारले जानकारी दिएकाछन् । मृतक मियाको टाउकोमा चोट र रगताम्य अवस्थामा शव फेला परेपछि प्रहरीको तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान अगाडी बढाइएको डिएसपी जयसवारको भनाइ रहेको छ ।
उद्योगमा राती मिया मात्र रहेको र उनलाई कसैले फलामको डण्डीले हानेर हत्या गरेको हुनसक्ने स्थानीयले बताए ।