कटहरिया,८ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट कटहरियाको एक जना वडा अध्यक्षका उम्मेदवार नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
लोसपाका चर्चित नेता समेतका रहेका वडा अध्यक्षका उम्मेदवार भिखारी पंण्डित एमालेमा प्रवेश गरेका हुन् । नेकपा एमाले कटहरिया नगर कमिटीको आयोजनामा पार्टी प्रवेश एवम् भेटघाट कार्यक्रम आयोजन गरिएको थियो । पंण्डित वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी लोसपाबाट उम्मेदवारी दिएका थिए ।
उनी कटहरिया–८ पिप्रा पोखरिया,बलुआका वडाध्यक्षका उम्मेदवार थिए । एक कार्यक्रमबीच एमाले प्रभावशाली नेता एवम् स्थायी कमिटी सदस्य प्रभु साहले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
बलुआमा भएको पार्टी प्रवेश कार्यक्रम सयौंको उपस्थितीमा भव्यताका साथ सम्पन्न भएको थियो । बलुआमा आयोजित कार्यक्रममा पंण्डित सहित सयौंको संख्यामा नेता कार्यकर्ताले लोसपा र अन्य पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् । उनीसगै पूर्व वार्ड सदस्य सोनेलाल यादव, जसपा जिल्ला सदस्य बैजु यादव ,नेपाली काग्रेसका रामबिलास यादव ,मेघनाथ पासवान पनि एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथी साहले नव प्रवेशीहरू लाई हार्दिक बधाई तथा राजनीतिक उज्जवल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेका थिए ।
नवप्रवेशी वडा प्रत्यासी पंण्डितले एमाले नै सशक्त भएकाले पार्टीमा प्रवेश गरेको उनको भनाइ छ । स्मरणीय होस् पंण्डितले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा सो वडामा १९० मत प्राप्त गरेका थिए ।
सो अवसरमा देवाही गोनाहीका मेयर प्रेमलाल साह,मौलापुरका उपमेयर नागेन्द्र यादव,कटहरियाका पूर्व मेयर सियाराम कुशवाहा,एमाले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह,फतुवा विजयपुरका मेयर प्रत्यासी बिजय यादव निर्बिज,कटहरिया वडा नमबर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।