चन्द्रपुर,१९ असोज । रौतहटको चन्द्रपुर–३ मा पिकअप गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर–३ गैडाटार पुर्व–टोलका ३३ वर्षीय ईमान सिंह थिङ रहेका छन । मंगलबार राती प्रदेश २–०३–००१ च १९४४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदल यात्री थिङको मृत्यु भएको जिल्ला ट्राफिक कार्यलय रौतहटका प्रमुख बिमला कठायतले जानकारी दिईन । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा चन्द्रनिगाहपुर स्थित चन्द्रपुर हस्पिटल प्रा.लीमा मृत्यु भएको कठायतले बताईन । घटनापश्चात् इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले गाडीका चालक र गाडीलाई नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here