रौतहट,२१ असोज । आज परेको भारी बर्षाका कारण रौतहटका किसानको पाकेको धानमा असर परेको छ । पाकेर काट्न ठिक्क रहेको धान आजको पानी र हावाका कारण असर परेको किसानहरुले गुनासो गरेका छन् । रौतहटका अधिकांस स्थानमा किसानले लगाएको भदैया धानमा बर्षाले असर गरेको सन्तपुरका किसान राजन तिमलसिनाको भनाइ रहेको छ । आजको बर्षाका कारण समेत धान उत्पादनमा कमी आउने किसानको भनाई रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here