रौतहट,२१ असोज । नेकपा एमाले रौतहट क्षेत्रनं ३ का नेता पलट चौधरीले आफुले पार्टी छाडेको बताएकाछन् । माओवादी छाडेर प्रभु साहसंगै नेकपा एमालेमा आएका तत्कालिन नेकपा माओवादीका पुर्व लडाकु समेत रहेका चौधरीले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै आफुले एमाले छाडेको बताएका हुन ।
गुजरा नगरपालिकाको मेयर उम्मेदवार रहेका नेकपा एसका प्रभावशाली नेता केशव राय चौधरीलाई प्रदेशसभा सदस्यको टिकट दिने गरी एमालेमा प्रवेस गराएपछि पलट चोधरीले एमाले छाडेको आंकलन गरीएको छ । स्थानीय तहको निर्वाचनमा पलट चौधरीकी श्रीमती एमालेबाट गुजरा नगरपालिकाको उप मेयरको उम्मेदवार रहेकी थिईन ।