रौतहट,२२ असोज । नेकपा एमाले रौतहट ४ बाट संघिय संसदमा सो पार्टीका केन्द्रीय सदस्य उद्धव रेग्मीको टिकट पक्का भएको छ । नेकपा एमाले र जसपा बिच गठबन्धन भएपछि प्रदेशसभा सदस्यका लागि ख बाट जसपाका उम्मेदवारले टिकट पाउने पक्का भएको जसपाका नेता जयनाथ यादवले बताए । रौतहट क्षेत्रनं ४ को प्रदेशसभाको क तर्फको उम्मेदवारको टुगो नलागेको नेकपा एमाले रौतहटका सचिव बालबिक्रम कार्कीले जानकारी दिएकाछन् ।
सो क्षेत्रमा नेकपा एमालेका पुराना नेता खड्ग बहादुर तामाङको नाम अगाडी रहेको भएपनि अन्यको समेत दावी रहेका कारण आज सांझ सम्म नाम टुंगो लाग्ने जिल्ला सचिव कार्कीको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here