चन्द्रपुर,२४ असोज ।
रौतहटको क्षेत्रनं ४ को क मा नेपाली कांग्रेसका धनलाल ठोकरले प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट गएको निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएर निर्वाचित भएका ठोकरले यस पटकट गठबन्धनका कारण टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।
ठोकरले आफुले गठबन्धनका कारण टिकट नपाएको भएपनि जनता आफ्नो पक्षमा रहेका कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताएकाछन् । रौतहट क्षेत्रनं ४ को क मा नेपाली कांग्रेस ,नेकपा एकीकृत समाजवादी र माओवादीका तर्फबाट युवराज भट्टराई समिर प्रदेशसभा सदस्यको उम्मेदवार रहेको बेला ठोकरले स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here