अशोक पहाडी
रौतहट,२४ असोज । मंसिर ४ मा हुने संघ तथा प्रदेशको निर्वाचनका लागि हिजो मनोनयन दर्ता सकिएको छ । मनोनयन दर्ता सकिएसंगै यो क्षेत्रमा एमाले र काँग्रेसले गरेको गठबन्धनमा गन्जागोल देखा परेको छ । रौतहट क्षेत्रनं ४ को प्रदेशसभा तर्फको क मा नेकपाली काँग्रेस ,एकीकृत समावादी बिचको गठबन्धन हुन सकेन । एकीकृत समाजवादीले मनोनयन दर्ता नगर्ने आँकलन गरिएको भएपनि सो पार्टीका बालकृष्ण श्रेष्ठले पार्टीको आधिकारीक उम्मेदवारको रुपमा मनोनयन दर्ता गरेका थिए । यता नेपाली काँग्रेसका नेता तथा पुर्व प्रदेशसभा सदस्य धनलाल ठोकरले समेत स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धनमा रहेका माओवादीका युवराज भट्टराईलाई असजिलो हुने अनुमान गरिएको छ ।
रौतहटको ४ ख मा पनि नेकपा एमाले जसपा गठबन्धनका उम्मेदवार शेख अबुल कलामका बिरुद्ध नेकपा एमालेका रबि जयसवालले स्वतन्त्र उम्मेदवारी दिएकाछन् । उता कलामका बिरुद्ध उनकै पार्टी जसपाका नेता जयनाथ यादवले उम्मेदवारी दिएपछि यो क्षेत्रमा पनि गठबन्धनमा गन्जागोल भएको जानकारहरुको भनाइ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here