चन्द्रपुर,२५ असोज ।
नेकपा एमाले रौतहट क्षेत्रनं ४ प्रदेशसभा तर्फको क बाट अखिलेश्वर चौधरीले उम्मेदवारी दिएका छन् । मनोनयन दर्ता संगै चौधरी चुनावी अभियानमा सक्रिय भएका छन् ।
जिल्ला पार्टी र क्षेत्रिय कमिटिबाट संघिय संसदको उम्मेदवारमा नाम सिफरिस भएका चौधरीले मनोनयनको अन्तिम समयमा आएर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
चन्द्रपुर ८ सन्तपुरका स्थायी बासिन्दा चौधरी बिगत लामो समय देखी नेकपा एमालेको राजनितिमा सक्रिय रहंदै आएका थिए ।
विद्यार्थी जिवनबाट कम्युनिष्ट आन्दोलनमा लागेका अखिलेश्वर चौधरी यतीबेला चुनावी मैदानमा उत्रेका हुन । नेकपा एमालेको मधेस प्रदेश कमिटिका सदस्य समेत रहेका चौधरी पढेलेखेका र सालिन नेताका रुपमा रौतहटमा चिनिन्छन् । नेकपा एमालेबाट तत्कालिन समयमा रौतहट ५ नम्बर क्षेत्रबाट संविधानसभा निर्वाचनमा उम्मेदवार समेत रहेका थिए । उनीपनि आंउदो मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनावका लागि प्रदेशसभा सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेकाछन् ।
लामो समय सम्म नेकपा एमालेको राजनितिमा सक्रिय रहेका चौधरी वीरगंज नर्सिङ क्याम्पसको स्ववियु सभापति ,युवा संघको केन्द्रीय सदस्य तथा नेकपा एमाले रौतहटको संस्थापक जिल्ला कमिटी सदस्य समेत हुन ।