रौतहट,२५ असोज । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साह र केन्द्रीय सदस्य कुन्दन कुस्वाहको एमाले सदस्यता खारेज भएको छ । उनीहरुले एमालेको आधिकारीक टिकट खल्तीमा राखेर रौतहट क्षेत्रनं ३ बाट उम्मेदवारी दिएपछि मंगलबार उनीहरुको सदस्यता खारेज भएको हो ।स्वतन्त्र वा बागीका नाममा उम्मेदवारी दिएपछि उनीहरूको नाम पार्टी सदस्यताको अभिलेखबाट स्वतः हट्छ’, एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘उनीहरूलाई स्पष्टीकरण सोधिरहनु पर्दैन ।