रौतहट,२५ असोज । रौतहट क्षेत्रनं ३ को संघिय संसदमा स्वतन्त्र उम्मेदवार ओम प्रकाश जयसवालले आफ्नो चुनावी अभियान थालेकाछन् । नेकपा एमालेका नेता प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएपछि आव जयसवालकै पल्लाभारी हुने सम्भावना बढदै गएको जानकारहरुको भनाइ रहेको छ । जयसवालले आफ्नो चुनावी प्रचार प्रसार सुरु गरेकाछन् । उनले अव क्षेत्रनं ३ मा आफुलाई नेपाली काँग्रेस र एमालेकै भोट आफुले पाउने विस्वास गरेकाछन् । जयसवालले आफ्नो जितका लागि समग्र क्षेत्रवासीनै लाग्ने आफुले विस्वास लिएको बताएकाछन् ।