रौतहट क्षेत्रनं ४ को क बाट स्वतन्त्र उम्मेदवारी दिएका चन्द्रनिगाहपुरका पत्रकार सन्तोष काफ्लेले चुनाव चिन्ह् चिम पाएका छन् । उनले क्षेत्रको समग्र विकासका लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताउदै अव आफु चिम छापमा मतमाग्न मतदातकोमा जाने बताए ।
मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा रौतहट निर्वाचन क्षेत्र नम्वर ४ (क) बाट युवाहरुको ढुकढुकी, योग्य, सबल, कर्मठ उम्मेदवारको रुपमा युवा नेता सन्तोष काफ्लेले स्वतन्त्र रुपमा उम्मेवारी दिएर चुनावी मैदानमा होमिनु भएको छ । क्षेत्र नम्वर ४ को (क) जिल्लाकै मुख्य व्यापारिक केन्द्र र जिल्लाकै मुटु मानिएको स्थान भएता पनि यहाँको बढ्दो सहरीकरण सँगै फोहर मैला व्यवस्थापनमा समस्या, कुरुप सहर , विकास योजना नै बेच्ने परिपाटी , बाटोघाटो राम्रो नभएको अवस्था रहेको हुँदा किसानहरुको समस्यालाई समाधान गर्न, वेरोजगार युवाहरुलाई रोजगारीको प्रबन्ध मिलाउनुका साथै युवावर्गको लागि सीप तथा आयमुलक विभिन्न कार्यक्रमहरु लागु गर्ने प्रतिबद्धताका साथ काफ्ले चुनावी मैदानमा होमिनु भएको हो । स्वतन्त्र उम्मेदवार काफ्लेलाई आज चिम छाप चुनाव चिन्ह निर्वाचन आयोगले प्रदान गरेको छ । प्रदेशको उम्मेदवारमा आफूलाई मतदाता समक्ष पुस्तुत गर्नुभएका काफ्लेले आफू सकेसम्मको कार्यहरु पुरा गरेर देखाउने तथा नहुँने कार्यको कहिल्यै पनि झुठा आश्वासन नदिने वाचा गरेको उनले भने । क्षेत्रबासीको हितलाई मध्यनजर राख्दै विकासको लहर ल्याउनमा युवालाई एक पटक मौका दिन अपिल गर्दै युवाहरुको साझा अभियानलाई शिरोधार्य राख्दै आम मतदाताहरुले आफूलाई सहयोग गरेर एक पटक क्षेत्रलाई माथि उकासी आत्मनिर्भर बनाउने अभियानमा साथ दिने अपेक्षाका साथ उम्मेदवारको रुपमा प्रस्तुत भएको हुँदा चुनाव चिन्ह चिम छापमा मोहर लगाएर प्रदेश सभामा पुगेर विकाशको जिम्मा दिने मौका दिन युवा नेता काफ्लेले आग्रह समेत गरेका छन् ।