गौर,२८ असोज । रौतहट क्षेत्रनं १ को संघिय संसदमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एमालेका नेता अजय गुप्ता बिच प्रतिष्पर्दा हुने भएको छ । दोस्रो संविधानसभा निर्वाचनमा माधव कुमार नेपाल संग करिव ३ सय भोटले पराजित भएका गुप्ताले यो चुनावमा नेपाललाई कडा चुनौती दिने भएका छन् । गुप्ताले आफ्नो जितका लागि यतीबेला भेटघाटलाई तिब्र पारेकाछन् ।
एकीकृत समाजवादीका नेता नेपालले समेत आफ्नो जितका लागि कार्यकर्ता तिब्र रुपमा परिचालन गरेकाछन् ।