चन्द्रपुर,२८ असोज ।
नेकपा एमाले रौतहट क्षेत्र नं. ४ का संघिय संसदका उमेदवार उद्धब रेग्मीले यसपटकको निर्वाचनमा नेकपा एमालेको जितलाइ कसैले रोक्न नसक्ने बताएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. १० बालचनपुरमा आयोजित कार्यक्रममा एमाले उमेदवार रेग्मीले यस्तो बताएका हुन ।
परमादेशी सरकार जनता प्रति उत्तरदायी नभएको आम जनताले महसुस गरीसकेको अबस्थामा एमाले जनता प्रति उत्तरदायी भएको प्रमाण कामबाट नै देखिएको कारण पनि यो निर्वाचनमा एमाले पार्टीले जित सुनिश्चत गरेको रेग्मीको भनाइ छ । रौतहटको क्षेत्र नं. ४ मा अहिले सम्म कुनै संसद नदोहोरिए रहेको अबस्थामा अबको निर्वाचनले पनि नया संसद दिने उनको विश्वास छ । यसैबिच रौतहटको गढीमाइ नगरपालिकामा पनि नगर स्तरीय प्रचार प्रशार समिति गठन भएको छ । एमाले उमेदवार रेग्मीको उपस्थीतीमा नेकपा एमाले जसपा गठबंधन द्वारा आयोजित गढीमाई नगरपालिका नगर स्तरीय कार्यकर्ता भेलामा प्रतिनिधि सभा उमेदवार रेग्मी, ४(ख) का अबुल कलाम आजाद फुलबाबु,एमाले नेता क्षेत्र न.४को क्षेत्रीय इंचार्ज प्रेम शंकर यादव , जिला उपाध्यक्ष दीपक कुमार यादव, क्षेत्रीय संयोजक मणिलाल साहनी जसपा नेता राजकुमार दास, श्यामबाबू साह, रामसोगार्थ सहनी, तपेन्दर यादव, सेख जरनैल, महेश कुमार साह लगायत गठबंधनका नेता कार्यकर्ताको उपस्थीती रहेको थियो । भेलाले दीपेन्द्र कुमार साह(दीपू) को संयोजक र हरिकिशोर साहको सह संयोजकमा १०१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here