चन्द्रपुर,२९ असोज ।
नेकपा एमालेले सो पार्टीको रौतहट जिल्ला इन्चार्जको जिम्मा केन्द्रीय सदस्य उद्धव रेग्मीलाई दिएको छ । नेकपा एमाले रौतहटका ईन्चार्ज रहेका उपेन्द्र साह प्रभु साहसंगै लागेपछि उनलाइ पार्टीले साधारण सदस्यबाटै निस्कासन गरेर रेग्मीलाई ईचार्जको जिम्मा दिएको हो । नेकपा एमाले रौतहटका अध्यक्ष त्रिभुवन साह समेत कार्वाहीमा परेपछि रौतहट जिल्ला कमिटि स्वत खारेज भएको हो ।
नेकपा एमाले रौतहट ४ बाट संघिय संसदको उम्मेदवार समेत रहेका रेग्मीलाई पार्टीले मधेश प्रदेश कमिटिको सह ईन्चार्जको जिम्मा समेत दिएको छ । नेकपा एमाले रौतहटको ईन्चार्जको जिम्मा पाएका रेग्मी चुनावी मैदानमा रहेका कारण यो चुनाव पछिनै नेकपा एमालेले अझ शशक्त टिम बनाएर जिल्ला चलाउने रेग्मीले तराई एक्सप्रेसलाई प्रतिक्रिया दिएका छन् ।
प्रभु साहले अन्तिम समयमा आएर नेकपा एमालेको टिकट छाडेर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here