गरुडा,२९ असोज ।
एमाले जसपा गठबन्धनका उम्मेदवार अबुल कलाम आजद उर्फ फुलबाबुले रौतहट क्षेत्रनं ४ मा आफ्नो गठबन्धनको जित पक्का रहेको बताएकाछन् । जनता समाजवादीका नेता अबुल कलाम आजद उर्फ फुलबाबुले प्रदेशसभा सदस्यका लागि रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ ख मा दोस्रोचोटी भिड्दैछन् ।
जसपा–एमाले गठबन्धनको साझा उम्मेदवारको रूपमा मनोनय दर्ता गराउनु भएको छ ।
नेता आजाद २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । २०७९ को स्थानीय तहको निर्वाचनमा प्रदेशसभा सदस्य पदबाट राजिनामा दिएर गढिमाई नगरपालिकाको नगरप्रमुख पदमा खडा भएका थिए । जसमा उनी केही मतान्तरले पराजित भएका थिए । अब भने रौतहट क्षेत्र ४ ख बाट जसपाको तर्फबाट छाता छाप चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा फुलबाबु बलिया उम्मेदवारको रूपमा देखा परेका छन् ।
यस अघि प्रदेश सांसद हुदा जनताको भावना राख्ने चाहना अनुसारको थुप्रै विकास निर्माण लगायतका कार्य गरेकोले आफूलाई पुनः जनताले बहुमत सहित जिताउनेमा आफू पूर्णरुपमा विश्वस्त रहेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here