चन्द्रपुर,२९ असोज ।
तत्कालिन नेकपा एमालेका नेता प्रभु साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवार पनि चैट हुने भएको छ । साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवारको पनि अव बिल्लीबाठ हुने भएको हो ।
नेकपा एमाले छाडेर प्रभु साह स्वतन्त्र उम्मेदवार बनेपछि उनकै पछि लागेका जिल्ला ईन्चार्ज उपेन्द्र साह समेत नेकपा एमालेको समानुपातिक सुचिमा रहेका थिए । उनलाई नेकपा एमालेले कार्वाही गरेपछि उनको नाम समानुपातिक सुचिबाट अटोमेटिक हटने नेकपा एमाले रौतहटका एक नेताले बताए ।
प्रभु साहको कोटामा समानुपातिक उम्मेदवार बनेका मधेश प्रदेशका अधिकांसको नाम पार्टीले समानुपातिक सुचिबाट हटाउने भएको एमालेका नेताहरुले बताएकाछन् । प्रभु साहको पछि लगेकाहरुलाई यतीबेला चक्टा खान गएकी बुढी झोलमा डुबेर मरी भनेझै भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here