चन्द्रपुर,३० असोज ।
रौतहट ४ मा नकपा माओवादी र नेपाली कांग्रेस र नेकपा एस को कस संग गठबन्धन गरेको भन्ने बिषयले यतीबेला रौतहटको बजार तातेको छ ।
नेपाली कांग्रेसले रौतहट क्षेत्रनं ४ मा संघिय संसदको टिकट पाउदा नेकपा माओवादीका युवराज भट्टराईले क प्रदेशसभा सदस्यमा टिकट पाएका थिए । उता रौतहट क्षेत्रनं ४ को ख मा भने नेकपा एसका उम्मेदवारले टिकट आएका थिए । मनोनयद दर्ताको दिन अन्तिम समयमा आएर एकीकृत समाजवादीका युवा नेता बालकृष्ण श्रेष्ठले पार्टीको आधिकारीक टिकटका आधारमा प्रदेशसभा सदस्यमा मनोनयन दर्ता गराएका थिए ।
श्रेष्ठको उम्मेदवारी दर्तासंगै नेकपा माओवादीमा भुईचालो आएको थियो । माओवादीले आफु सत्ता गठबन्धनको आधिकारीक उम्मेदवार रहेको बताई रहेको बेला एकीकृत समाजवादीका श्रेष्ठले समेत आफुहरुनै आधिकारीक गठबन्धनको उम्मेदवार रहेको बताउदै समाजिक संजालमा नेपाली कांग्रेसका संघिय संसद देव प्रसाद तिमलसिनाको फोटो सहित पोष्टर बनाएर सामाजिक संजालमा पोष्ट गर्न थालेपछि नेकपा माओवादी रौतहट ४ का उम्मेदवार सहितका नेता तथा कार्यकर्ताको टाउको दुखाईको बिषय बनेको छ । नेकपा माओवादीका नेताहरुले समेत प्रदेशसभा सदस्यका उम्मेदवार युवराज भट्टराई र देव प्रसाद तिमलसिनाको फोटो अंकित पोष्टरहरु समाजिक संजालमा राख्दै आधिकारीक गठबन्धनको उम्मेदवार आफुहरु भएको तर्क पेश गर्न थालेकाछन् ।
जनकारहरुका अनुसार यतीबेला सत्ता गठबन्धनका संघिय संसदका उम्मेदवार तिमलसिनानै दोधारमा रहेकाछन् । माओवादी बोकौ एकीकृत समाजदावीका नेता कार्यकर्ता रुष्ट ,एकीकृत समाजवादीका उम्मेदवार बोकौ माओवादीका नेता कार्यकर्ता रुष्ट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here