कटहरिया,३१ असोज ।
रौतहट क्षेत्रनं ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका ओम प्रशास जयसवालले प्रभु साहले आफ्नो नगरपालिका मौलापुरमा बाहेक अन्य स्थानमा विकास नगरेको बताएकाछन् ।
जयसावलले बहुरुपिया भएको बताएका छन । स्वार्थको लागी जुनसुकै पनि हर्कत गर्न सक्ने प्रभु साहबाट सचेत रहन स्वतन्त्र उमेदवार जयसवालले आम मतदाताहरुलाइ आग्रह गरेका छन । साहले बिकाश जती आफनै गाउ मौलापुर लगेको र बिभिन्न सेवा दिने कार्यालयहरु पनि क्षेत्र नं. ३ को केन्द्र कटहरियामा नराखी मौलापुर लगेको जयसवालको भनाइ रहेको छ । आफु यस क्षेत्रमा जितेपछि ति सरकारी कार्यालय कटहरिया मै सार्नको लागी पहल गर्ने उनले बताए ।
प्रभु साहले कटहरिया,गुजरा,देवाही गुनाही,फतुवा बिजयपुर नगरपालिकामा कुनै किसिमको बिकाश नगरेको जयसवालको भनाइ रहेको छ । स्वतन्त्रबाट उठेका जयसवालले आउदो मंसिर ४ गते हुने निर्वाचतमा माछा चुनाव चिन्ह् पाएकाछन् । उनी स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रेको भएपनि उनलाई नेपाली का“ग्रेस र नेकपा एमालेका मतदाताको साथ रहने विस्वास उनले लिएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार सो क्षेत्रमा नभएका कारण समेत स्वतन्त्र उम्मेदवारी दिएका जयसवालले आफ्नो पक्षमा दुबै पार्टीको मत आउने उनले बताए । यस क्षेत्रको बिकाशको लागी निस्वार्थ भएर काम गर्ने समेत जयसवालले प्रतिबद्धता जनाएका छन ।
जयसालले आफुले चुनाव जितेमा सो क्षेत्रका सबै पालिकामा विकासको नमुना प्रस्तुत गर्नै बताएकाछन् ।
्आईतबार कटहरियामा स्थानीय पत्रकारसंग कुरा गर्दै जयसवालले आफ्नो जितलाई कसैले रोक्न नसक्ने समेत बताएको हाम्रा कटहरिया स्थित समाचारदाताले जनाएकाछन् । जयसवाल रौतहटका प्रतिष्ठित उद्योगपतिका रुपमा चिनिन्छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here