गौर,३१ असोज ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा रौतहटबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र प्रभु साह समस्या हुने देखिएको छ ।
नेपाल र साह पछिल्लो समय पा“च दलीय गठबन्धनबाट उम्मेदवार बनेका छन् । नेता नेपालको गृह नगर गौर नगरपालिका रहेको क्षेत्र रौतहटको क्षेत्र नम्बर १ हो । रौतहट क्षेत्र नम्बर १ मा पर्ने सबै पालिकाका प्रमुखहरु नेता नेपालसंगै रहेको भएपनि नेपाललाई एमालेका उम्मेदवार अजय कुमार गुप्ताले कडा टक्कर दिदैछन् ।
गौर र राजदेवी नगरपालिका पूर्ण बहुमत सहित नेकपा एकीकृत समाजवादीले जितेको भएपनि सोही स्थानबाट आफुले धेरै मत ल्याउने नेकपा एमालेका उम्मेदवार गुप्ताको भनाइ रहेको छ । यसै गरी यमनामाई गाउ“पालिका नेकपा माओवादी र नेपाली का“ग्रेसको पूर्ण वर्चस्वमा रहेको छ । माधव नारायण नगरपालिका र गढीमाई नगरपालिका पनि नेपाली का“ग्रेसकै नेतृत्वमा रहेका छन् । एमालेका उम्मेदवार गुप्ताको पक्षमा ती पालिकामा समेत आम सर्बसाधारणको लगाव रहेको नेकपा एमालेका नेता तथा कार्यकर्ताको भनाइ रहेको छ ।
एमाले–जसपा गठबन्धनबाट उम्मेदवार रहेका अजयकुमार गुप्ता गत स्थानीय तहमा गौर नगरपालिकाको नगर प्रमुख पदमा लोसपाबाट पराजित उम्मेदवार भएपनि उनीनै नेपाललाई टक्कर दिने एक मात्र उम्मेदवार रहेको जानकारहरुको भनाइ रहेको छ । तत्कालिन लोसपा नेता गुप्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेस गराएका थिए ।
यसैगरी रौतहट क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह लाई पनि यतीबेला यो चुनाव फलामको चिउरा सबित हुने जानकारहरुको भनाइ रहेको छ । साहका चिर प्रतिद्वन्द्वी नेपाली का“ग्रेस रौतहटका सभापति जितेन्द्र यादव प्रदेश सभामा गएको भएपनि नेकपा माओवादी र सत्ता गठबन्धनका उम्मेदवार धिरज पटेल र स्वतन्त्र उम्मेदवार ओम प्रकाश साहले उनलाई कडा टक्कर दिने छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार नविन चौरसियालले समेत साहको मत काटने आंकलन गरिएको छ ।
साहको निर्वाचन क्षेत्रमा क्षेत्रमा एमालेको मत समेत स्वतन्त्र उम्मेदवारलाई जाने जनकारहरुको भनाइ रहेको छ । धिरज पटेलले पटेल समुदायको मत तान्ने ,ओम प्रकाशले नेपाली कांग्रेसको मत आफु तर्फ तान्ने हुदा स्वतन्त्र उम्मेदवार बनेका साहलाई यतीबेला पहिला जस्तो सहज नहुने नेकपा एमालेका एक नेताले बताए ।
रौतहट क्षेत्र नम्बर ३ मा नेपाली का“ग्रेसका उम्मेदवार पूर्वमन्त्री महम्मद आफताब आलमका छोरा डा. फिरदोज आलम र स्वतन्त्र उम्मेदवार किरण साहबिच टक्कर हुने सम्भावना रहे पनि डा. जैद राजाको अवस्था बलियो देखिएको छ ।
यसै गरी रौतहट क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका निवर्तमान साँसद देवप्रसाद तिमल्सिना तथा नेकपा एमालेका उम्मेदवार उद्धव रेग्मीबिच प्रतिस्पर्धा हुने देखिएको छ । रौतहट ४ मा स्वतन्त्र उम्मेदवार बनेका अजय कुमार साहलाई समेत कमजोर शोच्न नसकिने जानकारहरुको भनाइ रहेको छ । यो क्षेत्रमा त्रिपक्षीय भिण्डन्त हुने सम्भावना रहेको छ ।
रौतहट क्षेत्रनं ४ को क प्रदेशसभामा उम्मेदावारी दिएका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीका उम्मेदवार मध्य को सत्ता गठबन्धनको उम्मेदवार हुन भन्ने बिषयले यतीबेला नेपाली कांग्रेसका संघिय संसद तिमलसिनानै अन्यौलमा परेकाछन् ।