गौर,१ कार्तिक । नेकपा एमालेबाट रौतहट क्षेत्रनं १ को संघिय संसदमा उम्मेदवार रहेका अजय कुमार गुप्ताले रौतहटको विकास माधव नेपालका कारण हुन नसकेको बताएकाछन् । माधव नेपालले रौतहटबाट पटकट पटक चुनाव जितेको भएपनि गौर र समग्र जिल्लाको विकास गर्न नसकेको आरोप लगाएका हुन । उनले बडहर्वाको पुल माधव नेपालले १२ बर्ष पहिला शिलन्यास गरेको भएपनि अहिले सम्म बन्न नसकेको बताए । नेपालले चासो नदिएका कारण रौतहट क्षेत्रनं १ को विकासले गतिलिन नसकेको र अव आफुले जितेपछि यो क्षेत्रको विकासले गतिलिने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here