बागमती,२ कार्तिक । सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा रहेको सगुन सहकारीको सेवा केन्द्रमा लुटेरा समुह द्वारा गोली प्रहर गरी लुटपाट गरेको छ ।
बुधवार बिहान १० बजेको समयमा बागमती नगरपालिका–१, मिलनचोकमा रहेको सगुन सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको हो । अज्ञात समुहले केन्द्रमा काम गर्ने लालबन्दी–२, जुटपानी निवासी ३० बर्षका साजन कार्कीलाई गोली प्रहार गरेर लुटपाट गरेको सगुन सहकारी संस्था मुख्य कार्यलय हरिवनले जनाएको छ ।
घटनामा लुटेरा समुहले चलाएको बन्दुकबाट कार्कीलाई ४ गोली लागेको ईलाका प्रहरी कार्यलय हरिवनले जनाएको छ ।